गरिबीले गर्दा परदेस जाँदाको पिडा भिडियोमा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
विदेशमा रहँदाको पिडालाइ सम्झेर गायक राज कुमार तामांगले आफ्नै लय र शब्दमा गायिका इन्दिरा गुरुङ संग गाएको गरिबीले बनायो परदेशी बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सेलिब्रेटि नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोलाइ सेलिब्रेटि नेपालको आफ्नै यु ट्युब च्यानल बाट सार्बजनिक गरिएको हो । Aaasha-khadka-karma
भिडियोमा अहिलेको डिजिटल प्रबिधि लाइ प्रयोग गरेर बिदेशमा नै खिचिएको जस्तो देखाउन खोजिएको छ । जीवन शाहीले निर्देशन गरेको भिडियोलाइ बिरेन्द्र भट्टले खिचेका हुन् भने रंजित मानन्धरले सम्पादन र ग्राफिक्स गरेका हुन् ।भिडियोमा आशा खड्का,कर्म लामा,सरन घिमिरेको अभिनय रहेको छ मुलबाटो एल्बममा समाबेश गीत केहि समय पहिले नै रेकर्ड भएको हो ।
Raj-kumar-tamang
नेपाल बाट पैसा कमाउन विदेश जाने युवा हरुको संख्या अहिले निकै नै बढ्न थालेको छ आफ्नै देशमा पनि केहि गर्न सकिन्छ बिदेशमा दुख पाएर बस्नु भन्दा आफ्नै देश फर्कनु भन्ने संदेश गीतले दिन खोजेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.