‘राम नाम सत्य’ निर्देशकको दोश्रो चलचित्र ‘हेराई’ घोषणा


काठमाडौँ । माइकल चन्द निर्देशित फिल्म ‘राम नाम सत्य’पछि नयाँ चलचित्र ‘हेराई’ निर्माण हुने भएको छ । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्न लागेको यो फिल्म हाल प्रि–प्रोडक्सन चरणमा रहेको छ ।

निर्देशक माइकल चन्दले केही महिनाभित्रै फिल्मको छायांकन सुरु गर्ने तयारी भइरहेको बताएका छन् । एक्सन जनरामा बनेको ‘राम नाम सत्य’पछि यसपटक भने उनले पूर्ण रूपमा प्रेमकथामा आधारित फिल्म दर्शकमाझ ल्याउन लागेका हुन् ।

‘राम नाम सत्य’ नेपाली बक्स अफिसमा करिब साढे ३ करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको थियो । अब ‘हेराई’मार्फत माइकल फरक स्वादको कथा प्रस्तुत गर्ने तयारीमा छन् ।

‘एक हेराई अनेक बुझाइ’ ट्यागलाइन राखिएको फिल्ममा कलाकारहरू भने अझै फाइनल भएका छैनन् । फिल्मका निर्माता किशोर भट्ट, हेमन्त शाह र स्वेता विमली हुन् भने सह–निर्मातामा राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् ।

फिल्मबारे निर्देशक माइकल भन्छन्, “मानिसको सोच र दृष्टिकोणअनुसार एउटै कुरा फरक–फरक देखिन सक्छ । ‘हेराई’ त्यही भावनालाई प्रेमकथामार्फत प्रस्तुत गर्ने प्रयास हो ।” निर्माण टिमले फिल्मलाई यही वर्षभित्र प्रदर्शन गर्ने लक्ष्य समेत राखेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.