उत्तमको निर्देशनमा ‘मायादेवी’ बन्ने


काठमाडौँ । उत्तम अधिकारीको निर्देशन रहने वेब सिरिज ‘मायादेवी’ को शुभ–मुहूर्त गरिएको छ । मंगलबार कोटेश्वर स्थित महादेव मन्दिरमा पत्रकार तथा कलाकारको उपस्थितिमा सिरिजको मुहूर्त गरिएको हो । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीले मुहर्त सटको निर्देशन गरेका थिए भने अमर ओलीले नरिवल फुटाएका थिए। सिरिजको छायांकन जेठको दोश्रो साताबाट सुरु गरिने निर्देशक उत्तम अधिकारीले बताए।

‘सत्य र पीडाको एक रङ्ग’ स्लोगन राखेको सिरिजले गम्भीर र यथार्थपरक कथावस्तु उठाउन लागेको निर्देशक अधिकारीले बताए । नेपाली सिरिजको बजारमा यसले एउटा फरक पहिचान बनाउने उनको भनाई छ ।

रवि गिरी, उत्तम केसी, दिया जिसी, गोविन्द थापा, कर्मा लामा, रामहरि खड्का, देव महर्जन, निर्मल लम्साल, सरिता भण्डारी, सुशीला थापा, गुणाकर अधिकारी, अर्जुन साह, प्रवन भुसाल, मना महर्जन, विजय लामा, सानुमाया लगायत सिरिजमा स्थापित र नयाँ कलाकारको अभिनय रहनेछ ।

सिल्भर वुल्फ मिडिया र यादबिका एण्ड रियासा फिल्मको संयुक्त प्रस्तुतिमा निर्माण हुन लागेको सिरिज चक्र बहादुर बरालको छायाङ्कन, सन्तोष के. श्रेष्ठको सम्पादन रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.