सुवास र दयाहांग संगै माघ २ मा सबैको इच्छा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान श्रीमती’ निर्माण पछि निर्माता बाट निर्देशक बनेका मुनाल घिमिरेको चलचित्र ‘इच्छा’ माघ २ गते देशव्यापी रिलिज हुँदैछ । फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको यो चलचित्र हामी सबैको इच्छा रहेको निर्देशक घिमिरेले बताएका छन् ।
Subash-thapa-ichhya
दाङ्, भैरहवा, काठमाण्डौ, धुलिखेल लगाएतका स्थानमा छायांकन गरिएको यो चलचित्र ‘कमेडी लभ स्टोरी’ हो । चलचित्रमा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको छ । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.