बिनयराज पौडेलको ‘अक्षरा’ : स्क्रिप्ट पूजासँगै औपचारिक घोषणा


काठमाडौं। निर्माणाधीन चलचित्र ‘अक्षरा’को शुभमुहूर्त सम्पन्न गरिएको छ। शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो। मुहूर्त शटमा क्यामेरा अन दिनेश महरा, क्यामेरा रोल शंकर महर्जन र एक्सन–कट मधुसूदन भट्टराईले दिएका थिए भने क्ल्यापिङ लव प्याकुरेलले गरेका थिए। नरिवल दीपक दंगालले फुटाएका छन्।

फिल्ममा शुशिल सिटौला, न्यान्सी खड्का, शुशिल पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, विरेन्द्र कुशवाह र सृजना अधिकारीको अभिनय रहनेछ। साथै बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगाना पनि देखिनेछन्। क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने यस फिल्मका निर्देशक बिनय राज पौडेल हुन्। गीतकार सुरेन्द्र राना र संगीतकार कर्णराज गिरी रहेका छन् भने कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन्। द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ।

फिल्मको श्रृंगार मदन न्यौपाने, भेषभूषा प्रार्थना भट्टराई र छायांकन दिपेन बस्न्यातले सम्हाल्नेछन्। निर्माण व्यवस्थापक सुमन काफ्ले हुन् भने पोस्टर डिजाइन राकेश दाहालले गरेका छन्। फिल्मको वितरण नेशनल सिने ग्रुप नेपाल प्रा.लि.मार्फत दीपक दंगालले गर्नेछन्। मुख्य सहायक निर्देशक दिवस बोहरा र सहायक निर्देशक मनोज बोहोरा रहेका छन्। सम्पादनमा गौतमराज खड्का रहनेछन्।

कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहेका छन्। पटकथा तथा संवाद अभिमन्यु निरवीले तयार पारेका हुन्। दर्जनौँ फिल्ममा सहायक निर्देशकको भूमिका निर्वाह गर्दै आएका बिनय राज पौडेलले यस फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.