चलचित्र पत्रकार संघ नेपालमा समीर बलामी पुनः अध्यक्षमा निर्वाचित


काठमाडौं । चलचित्र पत्रकारहरूको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले नयाँ नेतृत्व चयन गरेको छ। शनिवार सम्पन्न २७ औँ वार्षिक साधारण सभा तथा १०औँ महाधिवेशनबाट समीर बलामी पुनः अध्यक्षमा निर्वाचित भएका छन्।

दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित बलामीले आफ्ना प्रतिद्वन्द्वी जीवनकुमार पराजुलीलाई पराजित गर्दै ९५ मत प्राप्त गरेका हुन्।

निर्वाचन परिणामअनुसार उपाध्यक्षमा रघुनाथ सापकोटा, कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य (निर्विरोध) र महिला उपाध्यक्षमा दीपज्योति थापा निर्वाचित भएका छन्। त्यसैगरी महासचिवमा गोपिकृष्ण चापागाईं विजयी भएका छन्।

सचिवमा मदन रिजाल, समावेशी सचिवमा महम्मद जालिम (निर्विरोध), कोषाध्यक्षमा अन्जान दाहाल मनिष र सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन्।

सदस्य पदतर्फ आठ जना निर्विरोध चयन भएका छन् भने संघको विधानअनुसार थप दुई जना सदस्य मनोनयन गर्न सकिने व्यवस्था रहेको जनाइएको छ। सदस्य पदमा सृजना विक सोजना, सुशील नेपाल, दिनेश थापा, नवीन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल (पूजा), दीपराज क्षेत्री र सालिकराम न्यौपाने निर्वाचित भएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.