‘मालती मंगले’को टिजर सार्वजनिक


काठमाडौं । वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ । गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको फिल्मको टिजरले ग्रामीण परिवेशमा आधारित प्रेमकथाको झल्को दिएको छ ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक टिजरमा विजय बराल र वर्षा राउतको प्रेमदेखि विवाहसम्मको यात्रा देखाइएको छ । विवाहपछि सम्बन्धमा आउने उतारचढाव, शङ्का र द्वन्द्वका दृश्यहरू पनि समेटिएका छन् ।

प्रकु पाण्डेयको निर्देशनमा बनेको फिल्म रानी फिल्म्सको ब्यानरमा निर्माण भएको हो । कथा निर्देशक पाण्डेयकै रहेको छ भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका छन्।

फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेलसहित अन्य कलाकारको अभिनय रहेको छ । फिल्मका दुई गीत यसअघि नै सार्वजनिक भइसकेका छन् ।

महेश पौडेलको छायांकन रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.