वैशाख ४ देखि ‘कमेडी दरबार’ सिजन ३, नयाँ स्वरूपमा फर्किँदै


काठमाडौं। पहिलो र दोस्रो सिजनको सफलतापछि हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ आफ्नो तेस्रो सिजन लिएर आगामी वैशाख ४ गतेदेखि प्रसारणमा आउने भएको छ ।

करिब तीन महिनाको अन्तरालपछि कार्यक्रम नयाँ सेट, नयाँ कलाकार र परिमार्जित प्रस्तुति शैलीसहित दर्शकमाझ फर्किन लागेको हो ।

शोका निर्देशक तथा होस्ट विक्की अग्रवालका अनुसार तेस्रो सिजनलाई अझ रोचक र भव्य बनाउन सेट डिजाइनदेखि प्रस्तुति शैलीसम्म परिवर्तन गरिएको छ ।

यस सिजनमा ‘महाराजा’का रूपमा मनोज गजुरेल र ‘महारानी’का रूपमा गौरी मल्ल यथावत रहनेछन् । साथै, अभिनेत्री दिया मास्के नयाँ ‘रानी’का रूपमा जजिङ प्यानलमा जोडिएकी छन् ।

अघिल्ला सिजनका अधिकांश कलाकार यथावत रहँदा यसपटक सन्तोष थापा, दिनेश काफ्ले र सुजन जिम्बा नयाँ कमेडियनका रूपमा देखिनेछन् । निर्माण टिमका अनुसार नयाँ अनुहारले शोमा थप ऊर्जा र हास्य ल्याउने अपेक्षा गरिएको छ ।

कार्यक्रम Maya Entertainment ले निर्माण गरेको हो भने Ad Pad ले मार्केटिङ गरिरहेको छ । प्रसारण Prime TV HD मार्फत हुने र डिजिटल प्लेटफर्म OSR Reality को युट्युब च्यानलबाट पनि हेर्न सकिने जनाइएको छ ।

नयाँ जज, कलाकार र सेटसहित ‘कमेडी दरबार’ सिजन ३ ले अघिल्ला दुई सिजनको सफलतालाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.