कलाकार सागर लम्साल पक्राउ


काठमाडौँ । कलाकार सागर लम्साललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरका अनुसार उनलाई बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

लम्सालमाथि अमेरिकामा बस्दै आएकी एक युवतीले गम्भीर आरोप लगाएकी छन्। ती युवतीका अनुसार करिब एक वर्षअघि अमेरिकामै उनीमाथि जबरजस्ती गरिएको थियो। उक्त आरोप सार्वजनिक भएसँगै घटनाको अनुसन्धान गर्न दबाब बढ्दै गएको थियो।

आरोप लगाउने युवतीले सार्वजनिक रूपमा दिएको बयानमा आफूले लामो समयदेखि विश्वास गर्दै आएको व्यक्तिबाट यस्तो घटना भएको बताएकी छन्। उनका अनुसार आपसी चिनजानका आधारमा भेटघाट हुँदा आफ्नो व्यक्तिगत अवस्था साझा गर्ने क्रममा विश्वासघात भएको र आफू पीडित बन्न पुगेको उल्लेख गरेकी छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.