‘द नेसनल डिजाइनर रन वे २०२६’ को उपाधि अकृतिले जितिन्


काठमाडौं । महिला फेसन डिजाइनरहरु प्रति केन्द्रित ‘द नेसनल डिजाइनर रन वे २०२६’ को उपाधि अकृति श्रेष्ठले जितेकी छन् । उनले २५ हजार रुपैंयाँ पुरस्कार प्राप्त गरिन् । त्यस्तै अनिशा थापा ‘फस्ट रनर अप’ र युनिका राई ‘सेकेन्ड रनर अप’ भए। अर्की प्रतिष्पर्धी सम्झना केसी ‘मस्ट पपुलर’, विविका पौडेल आत्मविश्वासी र आकर्षक वाकका साथ ‘बेस्ट रनवे मोडल’ बने ।

एभेन्टोज नेपाल तथा युवा उद्यमी डेभिल सिंह राजपूतको नेतृत्वमा आयोजना गरिएको यस वर्षको संस्करण विशेष रूपमा महिला फेसन डिजाइनरलाई मात्र प्राथमिकतामा राखेको थियो । प्रतियोगितामा देशभरबाट आएका १९ जना महिला डिजाइनरहरूले सहभागिता जनाएका थिए । उनीहरुले महिला मोडलहरूका लागि लक्षित आकर्षक र आधुनिक ड्रेस कलेक्सन प्रस्तुत गरेका थिए। परम्परा र आधुनिकताको समिश्रण झल्काउने डिजाइनहरूले रनवेमा दर्शकको मन जितेका थिए ।

यस वर्ष प्रस्तुत गरिएका धेरैजसो ड्रेसहरू अन्तर्राष्ट्रिय रेड कार्पेट फेसनबाट प्रेरित देखिन्थे। विश्वका प्रतिष्ठित अवार्ड समारोहहरूमा देखिने ग्ल्यामरस लुकलाई ध्यानमा राख्दै डिजाइनरहरूले बोल्ड कट, फ्लोइङ गाउन, हाई स्लिट, सिक्विन डिटेलिङ, मेटालिक टोन र एलिगेन्ट सिल्हुएट प्रयोग गरेका थिए। केही कलेक्सनहरूमा हलिउड तथा बलिउड सेलिब्रिटीहरूको रेड कार्पेट स्टाइल झल्किने गरी ड्रामाटिक ट्रेल, अफ–शोल्डर डिजाइन, डीप नेकलाइन र फ्युजन कुट्युर समावेश गरिएको थियो। नेपालीपन झल्काउन केही डिजाइनहरूमा ढाका, ह्यान्डमेड फेब्रिक र परम्परागत मोटिफलाई आधुनिक कटसँग संयोजन गरिएको थियो, जसले लोकल र ग्लोबल फेसनबीच सन्तुलन प्रस्तुत गर्‍यो।

फिनालेको निर्णायकमा विशाल गुरुङ, स्वीकृति प्याकुरेल, सुचिता साची र अश्विनी झा थिए । उनीहरूले डिजाइनको मौलिकता, प्रस्तुति, क्रिएटिभिटी र समग्र प्रभावका आधारमा नतिजा घोषणा गरेका थिए । कार्यक्रमको होस्ट तथा कोरियोग्राफी रोजिन शाक्यले सम्हालेका थिए । आयोजका सदस्यहरुमा यादवबहादुर थापा, परमानन्द चौधरी र शैलेश नेपाली थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.