टेली चलचित्र ‘संस्कार’ को ट्रेलर सार्वजनिक


काठमाडौं। पारिवारिक कथावस्तुमा आधारित टेली चलचित्र ‘संस्कार’ को ट्रेलर एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। कार्यक्रममा चलचित्रकर्मी, कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सरोज दाहालको लेखन तथा निर्देशनमा तयार भएको टेली चलचित्र ‘संस्कार’ ले पारिवारिक सम्बन्ध, सामाजिक मूल्य–मान्यता र जीवनका यथार्थ पक्षलाई प्रस्तुत गर्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ। चलचित्रका निर्माता आरजे सिंह र निर्मला खाती रहेका छन् भने छायांकनको जिम्मा निर्मल ढकालले सम्हालेका छन्। सम्पादन समेत निर्देशक दाहाल स्वयंले गरेका हुन्।

चलचित्रमा प्रयोग भएका गीतहरूमा नरहरी प्रेमी र पवित्रा गुरुङको स्वर रहेको छ भने ब्याकग्राउण्ड म्युजिक सुरज कुमार त्रिखत्रीले तयार पारेका हुन्। ‘हार्मोनिक डिजिटल रेकर्डिङ स्टुडियो’मा रेकर्ड गरिएको संगीतले कथालाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ। प्रकाश व्यवस्थापन नरेन्द्र शाहीले सम्हालेका छन्।

कलाकारको रूपमा आरजे सिंह, नारायण खाती, राम बुढाथोकी, सरोज दाहाल, सीमा दाहाल, चण्डिका बस्नेत, दीपक बिके, समिता रिजाल, रुष्मिता रम्तेल, निर्मला खाती, मन्दिरा पोखरेल भण्डारी, नरेन्द्र शाही, सुरज कुमार त्रिखत्री र दीपक घमाल लगायतको अभिनय रहेको छ।

ट्रेलरमार्फत पारिवारिक कथा, भावनात्मक उतारचढाव र समाजको यथार्थ चित्रण प्रस्तुत गरिएको देखिन्छ। निर्माण टिमले टेली चलचित्रले दर्शकमाझ सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ। ट्रेलर सुबर्ण टिभीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। सिरियल प्रत्येक शुक्रवार साँझ सुबर्ण टिभीको अफिसियल च्यानल मार्फत सार्वजनिक हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.