पोखरामा महानायक राजेश हमालले उद्घाटन गरे १८ डी सिनेमा


पोखरा ।  साहसिक गतिविधिका लागि चिनिएको पोखरामा अब मनोरञ्जनको क्षेत्रमा नयाँ आकर्षण थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले शुक्रबारदेखि पोखरामा अत्याधुनिक १८ डी  सिनेमा सञ्चालनमा ल्याएको हो।

यो सिनेमा पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ, जुन नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो। यसको पहिलो शाखा काठमाण्डौँमा छ दोश्रो शाखाको शुक्रबार महानायक हमालले उद्घाटन गरेका हुन ।

महानायक राजेश हमालले यसको औपचारिक उद्घाटन गर्दै पोखराले अब फरक किसिमको सिनेमाटिक अनुभव पाउने बताए ।, उद्घाटन पश्चात संचारकर्मीहरुसँग अन्र्तक्रिया गर्दै उनले भने ‘पोखरा आफैंमा सुन्दर सहर हो, यहाँ धेरै चलचित्र छायांकन हुन्छन्। अब यो सिनेमा केवल मनोरञ्जन मात्र नभई नयाँ संसारको अनुभव हो ।’ कार्यक्रममा पोखरामा आफ्नो करियरको तेश्रो चलचित्र देउकीको छायाँकन भएको दिनको सम्झना समेत हमालले गरेका गरेका थिए ,

फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाका अनुसार, काठमाडौँमा सफल सञ्चालनपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदै यो सेवा पोखरामा विस्तार गरिएको हो। उनले काठमाण्डौँको भन्दा पोखराको प्रविधि अझ उन्नत भएको बताए ।

यस १८  डी  सिनेमामा १० देखि ३० मिनेटसम्मका १७ वटा फरक कथात्मक संसारमा प्रवेश गर्ने अवसर पाउनेछन् । चलचित्र हेरेर दर्शकले रोमाञ्चक अनुभव लिन सक्छन ।  विशेष कुरा के भने, यसमा कुनै चश्मा वा हेडसेटको आवश्यकता पर्दैन, जसले सबै उमेर समूहका दर्शकलाई सहज रूपमा आकर्षित गर्छ ।

कम्पनीका निर्देशक हिमाल थापाले पोखरामा यस प्रकारको सिनेमा सञ्चालनले साहसिक अनुभवलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे ।  उनका अनुसार, अब पोखरेली दर्शकले साहसिकता बाहिरी गतिविधिमा मात्र होइन, भित्री अनुभूतिमा पनि महसुस गर्न सक्नेछन्।’ महाहनायक हमालले कार्यक्रममा अब बन्ने बालेन सरकारले यस्ता केही नयाँ गतिविधि गर्ने उद्यमीहरुका लागि नयाँ योजनाहरु ल्याएर देशमा रोजगारीको वातावरण बढाउनु पर्ने समेत धारणा राखेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.