‘राम नाम सत्य’को ‘हुम्लाको लिमी’ रिलिज, विराज–खुशीको नृत्य आकर्षण


काठमाडौं।  राम नाम सत्य मा समावेश ‘हुम्लाको लिमी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। OSR Digital मार्फत सार्वजनिक गरिएको गीतमा रोमान्टिक शैली प्रस्तुत गरिएको छ।

यसअघि सार्वजनिक ‘धागोले बाटेको’ गीतले युट्युबमा ४० लाखभन्दा बढी भ्युज पाउँदै लोकप्रियता कमाइरहेको बेला निर्माण टिमले नयाँ गीत ल्याएको हो।

सार्वजनिक गीतमा एसडी योगीगीताञ्जली थापा मगर को स्वर रहेको छ। गीतमा एसडी योगीको संगीत तथा मौसम अर्यालको शब्द रहेको छ भने भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विराज भट्टखुशी कार्की फिचर्ड छन्। दुवैको रोमान्टिक नृत्यले दर्शकको ध्यान खिच्ने देखिन्छ। गीतको छायांकन दैलेखमा गरिएको हो।

माइकल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्मको कथा, पटकथा तथा निर्देशन माइकल चन्द ले गरेका हुन्। फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ।

फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको संगीत रहेको छ। मानकृष्ण महर्जन डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन तथा बन्दे प्रसादको सम्पादन छ।

फिल्ममा विराज भट्ट, सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

लभस्टोरी, सस्पेन्स, पारिवारिक र एक्सन जनरामा निर्माण भएको फिल्म ‘राम नाम सत्य’को टिजरले समेत सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्मप्रति दर्शकको अपेक्षा बढ्दो देखिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.