‘तिमी छौ र त’ भन्दै आए राजेश र सुशिला (भिडियो)


काठमाडौँ। ‘तिमी छौ र त’ बोलको नयाँ नेपाली गीतको भिडियो सार्वजनिक गरिएको छ। प्रेमभावमा आधारित यस गीतमा गायिका ज्योति परियारको स्वर रहेको छ भने शब्द तथा संगीत ज्योति परियार र कपिल कार्कीले तयार पारेका हुन्।

गीतको एरेन्ज सुरज थापाले गरेका छन् भने रेकर्डिङ तथा मिक्सिङ दिनेश राजबाहकले सम्हालेका छन्। ‘दि पिक’ स्टुडियोमा रेकर्ड गरिएको यस गीतले संगीतप्रेमी दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

गीतको म्युजिक भिडियोमा राजेश भट्टराई र सुशिला तामाङ फिचर्ड छन्। भिडियोको छायांकन दिनेश भुजेलले गरेका हुन् भने सम्पादन, कलर तथा पोस्टर डिजाइन युवराज खत्रीले गरेका छन्। मेकअप शर्मिला सुनुवारको रहेको छ।

अच्युत ढुंगानाको निर्माणमा तयार भएको यस गीतको निर्देशन कपिल कार्कीले गरेका हुन्। प्रेम, भावना र सम्बन्धका मिठा पक्षलाई प्रस्तुत गरिएको यस गीतले दर्शकको मन छुने विश्वास निर्माण टिमले लिएको छ। भिडियो आर्या इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.