दयाहाङ र सौगातको ‘मितज्यू’ प्रदर्शन मिति सर्यो


काठमाडौं । जनक घर्ती मगरले निर्माण गरेको चलचित्र ‘मितज्यू’ टिमले नयाँ प्रदर्शन मिती घोषणा गर्दै दोस्रो पोस्टर सार्वजनिक गरेको छ। आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी जेठ ८ गतेबाट फिल्म प्रदर्शन गर्न घोषणा गरेका हुन्। यो फिल्मको प्रदर्शन आगामी जेठ १५ गतेलाई तय गरिएको थियो।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई,सौगात मल्ल, तेरिया फौजा मगर,शिशिर वाङ्देल र अर्का एक पात्र देखिन्छन्। जहाँ साैगात मल्ल हातका भाले च्यापेका छन् भने साईडमा पहाडमा गुड्ने गाडी दिन्छ। दयाहाङ राईको अनुहार निकै रिसाहा देखिएका छन् भने तेरिया मजेद्रोले टाउकामा बेरेर दुखी मुन्द्रामा देखिकी छन्। शिशिर र अर्का एक पात्र नरम झै उभिएका छन्। साइडमा फुस्को छानोवाला घर देखिएका छन्। जसका कारण फिल्मले ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को देखिन्छ ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको , सम्पादक लोकेश बज्राचार्य, छायाँकार शिशिर बिशंखे हुन्। फिल्ममा द्वन्द्व निर्देशन प्रभात विष्टको छ भने साउन्ड डिजाइनर नवीन श्रेष्ठले गरेका छन्। यस फिल्ममा बिजिएमको काम शैलेश श्रेष्ठको छ भने संगीत श्रीकृष्ण बम मल्लको छ। फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.