नवौँ संस्करणको ‘निम अवार्ड’ को लागी आवेदन आव्हान


काठमाडौं। पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को प्रस्तुतिमा हरेक वर्ष आयोजना हुँदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)–२०२६’ को आवेदन आव्हान गरिएको छ ।

राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) को यो नवौँ संस्करण हो । निम अवार्ड आगामी २०८३ साल वैशाखको तेस्रो साता काठमाडौंमा आयोजना गरिने कार्यक्रम संयोजक तथा पिम नेपालकी महासचिव कमला जोशीले जानकारी दिईनन् । देशका विभिन्न भेगका कलाकारहरूको सहभागिता रहँदै आएको निम अवार्डमा नेपालमा बोलिने विविध भाषाभाषीका गीत–संगीतलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिलेसम्मकै बृहत् संख्यामा विभिन्न भाषाका गीतहरूको उत्साहजनक सहभागिता भएकाले यसलाई नेपालकै पहिलो समावेशी अवार्डका रूपमा लिइन्छ ।

नेपालभित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरूलाई कार्यक्रममा सहभागी गराउँदै आएको यस अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथिली, भोजपुरी, राई, लिम्बू, थारू (चौधरी), शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार लगायतका विभिन्न भाषाका गीत तथा भिडियोहरू सहभागी हुँदै आएका छन्। यस वर्ष पनि ती भाषा तथा भाकाका गीत–संगीतलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक संस्थाले जनाएको छ । अंग्रेजी क्यालेन्डरअनुसार सन् २०२५ जनवरी १ देखि २०२५ डिसेम्बर ३० भित्र सार्वजनिक भएका (एक वर्षभित्रका) गीत तथा म्युजिक भिडियोहरू उक्त अवार्डमा सहभागी हुन योग्य हुनेछन् ।
ईरा प्रोडक्सन प्रा.लि.कोे व्यवस्थापनमा सम्पन्न हुने निम अवार्डका आवेदन फारामहरू आयोजक संस्थाको कार्यालयबाट उपलब्ध हुनेछन् । साथै एभेन्टोज डिजिटलको अनलाइन माध्यमबाट पनि फाराम भर्न सकिने व्यवस्था गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.