लोकदोहोरी स्टारमा छानिए उत्कृस्ट ८


काठमाडौं । नेपालको पहिलो प्रतिष्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन १’ अन्तिम चरणका लागि उत्कृष्ट ८ प्रतिष्पर्धी छानिएका छन् । यो शो एभेन्टोज डिजिटलले आयोजना गरेको हो ।

आयोजकका अनुसार अन्तिम चरणमा स्याङ्जाका लिलबहादुर थापा मगर, धादिङकी रितु कुमाल, धादिङका अमृत जर्घा मगर, दोलखाकी निशा लामा, बाँकेका मानव रावत क्षेत्री, चितवनका नरन पौडेल, कास्कीका अनिल चापागाईं र दोलखाका दीपक थापा मगर छानिएका छन् ।

शोको फिनाले आगामी चैत १७ गते काठमाडौंमा हुनेछ । आयोजकका अनुसार देशका जिल्लाबाट सहभागी भएका गायक गायिकाहरूले आफ्ना जिल्लाको प्रतिनिधित्व गर्दै नेपाली लोकदोहोरी संगीतलाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान दिएका छन् । आयोजकले नेपाली लोक संगीतका नयाँ प्रतिभालाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको जनाएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.