नेपालमा सेन्सरले कति सम्म रोक्ने नेपाली चलचित्र लाई ?



सेलेब्रिटी नेपाल मंसिर १९-हाम्रो देश नेपाल गजबको छ। कानुन मिचेर जति पनि कार्य हुन्छन संबिधान बिना देश चल्छ तर कानुन नै नभएको चलचित्रको निर्माण भयो भनेर कुनै चलचित्र लाई सेन्सर रोक्नु कतिको उचित हो ?सेन्सरले कति सम्म रोक्ने भन्ने कार्यनीति तयार गर्नु आबस्यक छ । देशमा कानुन नै नभएको कथालाइ मुख्य आधार वनाएर चलचित्र निर्माण गरेको भन्दै बीपी फुयाँलको निर्देशन र निर्माता युवराज खत्रीको निर्माण रहेको चलचित्र ‘लभ यू म्यान’लाइ सेन्सर वोर्डले सेन्सर नगर्ने भएको छ । दुई केटाबीचको प्रेमसम्बन्ध र यौन सम्बन्धको बिषयलाई मुख्य आधार वनाएर निर्माण गरिएको यो चलचित्र नेपालको कानुनमा समलिंगीलाई मान्यता दिने वा नदिने भन्नेबारे स्पष्ट उल्लेख नभएको भन्दै सेन्सर वोर्डले सेन्सर रोकेको हो । चलचित्र मंसीर २२ गतेवाट प्रदर्शन हुने भनिएको थियो तर सेन्सर नभएपछि अहिले यो चलचित्रको प्रदर्शन अन्योल भएको छ । चलचित्रमा राज आर्यन, किशोर चौधरी, प्रनिशा अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।छ । दुइ केटी बीचको सम्वन्धलाई देखाइएको चलचित्र ‘सुनगाभा’लाई सेन्सर बोर्डले यसअघि पीजी सर्टिफिकेट दिइसकेको तर दुइ केटा बीचको सम्वन्धलाई देखाइएको चलचित्र ‘‘लभ यू म्यान’लाइ भने सेन्सर नगर्ने भएपछि चलचित्रका युनिट तनावमा परेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.