बर्षाको जीवनमा अनिलले ल्याए खुशी


(सेलिब्रेटी नेपाल) काठमाडौँ
गायिका नम्रता काफ्ले खरेलको पहिलो गीति एल्बम नम्रतामा समाबेश तिमि छौ र जीवन…. बोलको गीतको हालै मात्र भिडियोको छायाँकन सम्पन्न भएको छ । गीतकार किरण खरेलको शब्दमा तयार भएको यो एल्बममा हरि लम्साल र दिपक शर्माको सुमधुर संगीत रहेको छ । भिडियोमा वर्षा राउत र अनिल थापालाई पहिलो पटक स्क्रीनमा उतार्ने प्रयास निर्देसक बिधान कार्कीले गरेका छन् ।
Barsha-raut
भिडियोमा माया प्रेमलाई जबर्जस्त तरिकाले प्रस्तुत गरिएको छ । भिडियोको यति बेला सम्पादन कार्य भैरहेको छ र आउदो हप्तामा नै यसलाई दर्सक माझ ल्याइने भएको छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका छन् । बिधान र ज्ञानेन्द्रको जोडी यो भन्दा अघिनै हिट भैसकेको छ । भिडियोलाई थानकोट र सितापाइलामा छायाँकन गरिएको हो ।
Barsha-raut-model-anil