सन्ध्याको दुइ भिडियो एक साथ सार्बजनिक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
गायक पुस्कर सुनुवारको ‘मायाले’ नामक आधुनिक गीति एल्बमबाट “मायाले सारै रुवाउदो रैछ….” र जीवन लुइटेलको “प्रियसी” नामक एल्बमबाट एड्रिन प्रधानको स्वरमा रहेको “होशमा हुनेहरुलाई के थाहा बेहोसीको मजा” बोलको गीतको म्युजिक भिडियो संगीतकार सुरेश अधिकारीले बिमोचन गरे । दुवै म्युजिक भिडियोको निर्देशन “किमोस खेम” ले गरेका हुन् ।
Ranjana-rijal-malina-joshi
“मायाले सारै रुवाउदो रैछ” बोलको गीतमा शब्द खेम बिश्वकर्मा र संगीत तथा संगीत संयोजन गायक स्वयम सुनुवार कै रहेको छ । ओम प्रसाईको छायांकन र सम्पादन रहेको उक्त म्युजिक भिडियोमा जनक बास्तोला, गुञ्जन मगर र निलम नगरकोटीको अभिनय रहेको छ ।

गीतकार जीवन लुइटेलको रचना र गायक एड्रिन प्रधानको स्वरमा रहेको “होशमा हुनेहरुलाई के थाहा बेहोशिको मजा” बोलको गीतलाई संगीतकार कल्याण सिंहले संगीतबद्ध गरेका हुन् । सूर्यदीप घतानेको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको छायांकन बिदुर पाण्डेले गरेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन् जसमा रंजन रिजाल र मलिना जोशी को अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.