निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु


काठमाडौं। अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटी अभिनीत फिल्म ‘कस्तुरी’को छायाङ्कन कार्य प्रारम्भ भएको छ । मङ्गलवार बिहान ललितपुरस्थित बङ्गलामुखी मन्दिरमा शुभारम्भ समारोह आयोजना गर्दै फिल्मका प्रारम्भिक दृश्यहरू खिचिएका छन् ।

फिल्मका निर्देशक ऋत बोहोराले शुभारम्भ कार्यक्रमपछि नै फिल्मांकन सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुसार फिल्मका प्रमुख दृश्यहरू काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा खिचिनेछन् ।

निर्देशक बोहोराले यस फिल्ममा रहस्य, सस्पेन्स र अपराधजन्य घटनाक्रमका जटिल पक्षहरू प्रस्तुत गरिने बताएका छन् । निखिल उप्रेती र वर्षा सिवाकोटी पहिलो पटक एउटै फिल्ममा सहकार्य गर्न लागेका हुन्।

मुख्य कलाकारद्वयसँगै शेखर चापागाईँ, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ र प्रतिष्ठा थापाले प्रमुख भूमिकामा अभिनय गर्नेछन् । साथै नेहा गौतम, गौरव पहारी र हेना नगरकोटी विशेष भूमिकामा देखिनेछन् ।

टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा निर्देशक बोहोरा स्वयंले तयार पारेका हुन् । धिरज कुमार अग्रवाल निर्माता तथा अञ्जली चौधरी सह-निर्माता हुन् ।

फिल्मको प्राविधिक पक्षतर्फ छायाङ्कन आलोक शुक्लाले गर्नेछन् भने मुख्य सह-निर्देशकको जिम्मेवारी ललित बिस्टले सम्हाल्नेछन् । सङ्गीत प्रशान्त सिवाकोटीको रहनेछ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गर्नेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.