‘ए साइला दाई’मा आशीर्वाद–निकिताको नृत्य, ‘श्री बुकुरोः द होम कलिङ’को नयाँ गीत सार्वजनिक


काठमाडौं। आगामी फागुन १ गतेबाट रिलिज हुने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ले आफ्नो प्रचारलाई तिब्रता दिएको छ । सिनेमाले पोष्टर र ट्रेलर पछि शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेको हो।

सिनेमाको ‘ए साइला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत र सविन सुबेदी र युक्ती बिमलीको स्वर रहेको छ । गीतको भिडियोमा मुख्य कलाकारद्वय आशीर्वाद क्षेत्री र निकिता आचार्यको नृत्य रहेको छ ।

सुदीप भूपाल सिंहको लेखन तथा निर्देशन रहेको सिनेमा पारिवारिक कथावस्तुमा आधारित छ । सिनेमामा आशीर्वाद र निकिताका अलवा लक्ष्मी गिरी, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् । सिनेमामा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन छ । सिनेमाका गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाले संगीत दिएका छन् ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.