‘पिके’ को रेडियोको मूल्य डेढ करोड


(सेलेब्रिटी नेपाल)काठमाडौँ
बलिउडको बहुप्रतिक्षित चलचित्र ‘पिके’ को पोस्टरमा आमिर खानको नाङ्गो तस्बीरसँगै लाज ढाक्न प्रयोग गरिएको रेडियो डेढ करोडमा खरिद गर्न प्रस्ताव आएको छ ।
Amir khan in pk movie poster
अंग्रेजी अखबार मिड डे मा अनुसार यो रेडियो आमिर खानले मुम्बईको चोर बजारबाट २ सय २७ रुपैयामा किनेका र सोहिको खरिदको लागि अनलाइनबाट डेढ करोड सम्मको प्रस्ताब आएको छ । बीबीसीले दिएको जानकारीका अनुसार चलचित्रका प्रवक्ताले रेडियो खरिदका लागि प्रस्तावित ठूलो मूल्यबारे पुष्टि गरेको छ ।
रेडियो विक्रीका लागि चलचित्रको मार्केटिंग समुहले आमिरलाई फकाईरहेको छ भने अर्कातिर आमिरले आफ्नो कामका लागि महत्व बोकेको कुनै पनि सामान कसैलार्इ पनि दिन नहुने धारणा राखेका छन् । तेसै गरि चलचित्रकी नायीका अनुष्का शर्माले भने उक्त रेडियोलाई चलचित्रको सम्झनाका रुपमा साझाएर राख्न अनुरोध गरेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.