निर्देशक आर.बी. खत्री ‘शरद’लाई मातृशोक


काठमाडौँ । चलचित्र निर्देशक आर.बी. खत्री ‘शरद’की ममतामयी माता श्री धन कुमारी खत्रीको ८१ वर्षको उमेरमा निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उहाँको निधन माघ २१ गते भएको हो। काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका स्थायी बसोबास गर्ने आर.बी. खत्री ‘शरद’ धन कुमारीका एक मात्र सुपुत्र हुन् । उनका दुई दिदिहरु छन्।

स्व. धन कुमारी खत्री सरल, ममतामयी र पारिवारिक मूल्यमा विश्वास राख्ने व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो। उहाँले निर्देशक आर.बी. खत्री ‘शरद’लाई जीवनका हरेक चरणमा प्रेरणा र हौसला प्रदान गर्दै आउनुभएको थियो।

निर्देशक खत्री नेपाली चलचित्र क्षेत्रमा ‘नैना रेशम’, ‘न बोलेनी हाँसी राखन’, ‘कृष्णा’, ‘नाइट क्विन’, ‘शिशा’ र ‘पसिना’ जस्ता चर्चित चलचित्र निर्देशन गरेर परिचित छन् । उनका चलचित्रहरूले नेपाली समाज, भावना र यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेका छन्।

स्व. धन कुमारी खत्रीको निधनप्रति चलचित्रकर्मी, शुभेच्छुक तथा आफन्तजनले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.