९ वर्ष पछी गायक कन्काईष्टको बिरासत


(सेलिब्रेटी नेपाल) काठमाडौँ
९ बर्षको अन्तराल पछी गायक कन्काईष्ट राई आफ्नो तेस्रो एल्बम ‘विरासत’ लिएर श्रोता दर्शक तथा माझ आएका छन् । राजधानी स्थित मण्डला थिएटरमा एक कार्यक्रमको आयोजना गर्दै गायक राईले आफ्नो तेस्रो एल्बमको बिमोचन गरे । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गायक दीप श्रेष्ठले गायक राईलाई अब उपरान्त संगीत क्षेत्रमा यतिको लामो समयसम्म बिश्राम नलिन आग्रह गरे ।
Singer-kankaist-rai
कार्यक्रममा बोल्दै गीतकार भुपाल राईले कन्काईष्टलाई विरासत को सफलताको शुभकामना दिए । भि रेकर्ड्स प्रा लि ले बजारमा ल्याएको ‘विरासत’ मा ५ गीत समावेश छन् । तिमीले माया लाउदा , माछिलाई उतिबेलै , एउटा जीवन , पल पल यो जिन्दगी , ईलामको डाडा बोलको ५ गीत समावेश छन् । यसमा भुपालसंगै राजन राई , महेन्द्र राई , रमेश बहादुर थापा , पुष्प नाथ शर्मा लगायतको शब्द रहेको छ । कन्काईष्टको एकल स्वर रहेको ‘विरासत’ मा राजनराज शिवाकोटी , डाक्टर किरात र स्वयम् गायक कन्काईष्टले संगीत दिएका छन् । कार्यक्रममा तिमीले माया लाउदा बोलको गीतको भिडियो पनि देखाइएको थियो । सार्वजनिक नभई सकेको यस भिडियोमा गम्भीर बिष्ट र निष्मा घिमिरेको अभिनय रहेको छ भने सुरज सिंह ठकुरीले भिडियोको निर्देशन गरेका छन् ।