‘मायाको गाउँ’ को सबले भन्छन् जिन्दगी


काठमाडौं । नयाँ चलचित्र ‘मायाको गाउँ’ मा समाबेश सबले भन्छन् जिन्दगी त..बोलको गीत सार्वजनीक गरिएको छ । प्रोसेस पाण्डेको स्वर, अनिल खनालको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोमा त्रिबिक्रम सिंह राणा,ओसिन भट्टराई,राजु गिरी,नारायण पराजुली,बिनयराज पौडेललगायतका कलाकारको अभिनय छ ।

पछिल्लो समय टिकटकमा छाइरहेको रहेको यो गीतको भिडियो सोमबार साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याएको हो । राजु गिरीले कोरियोग्राफी गरेको गीतमा प्रेम सम्बन्ध,धोका र पीडाको भाव प्रस्तुत गरिएको छ ।

प्रेमकथानक ‘मायाको गाउँ’ मा त्रिबिक्रम सिंह राणा,शीतल केसी,नारायण पराजुली,ओसिन भट्टराई,सरु कार्की,अम्बिका थापा,लक्ष्मीनाथ तिमिल्सिना,रमेश अधिकारी,माधवा खनाल,किमजोङ बोस,हरिबहादुर घर्ती मगर,रितिका मगर,कृष्ण गदाललगायतका कलाकारले अभिनय गरेका छन् । कमला पराजुली निर्माता रहेको चलचित्रको निर्देशन कमला फिल्मस् टिमको छ ।

रामेश्वर हुमागाइँले खिचेको चलचित्रको सम्पादन श्याम रानाले गरेका हुन् । बिनोद बमको पब्लिसिटी डिजाइन तथा पेन सिजर्स एण्ड रेन्डर्सका गौतमराज खड्काले कलर ग्रेडिङ्ग गरेको चलचित्रको मुख्य सहायक निर्देशकमा सुचेन्द्र परियार छन् । चलचित्र ०८३ सालको सुरुवातीमा दर्शकमाझ ल्याउने तयारी गरिएको निर्मात्री पराजुलीले जानकारी
दिएकी छिन् ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.