सुशील र अञ्जना अभिनित ‘परिवर्तन’ प्रदर्शनमा


काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट एक्सन–सस्पेन्स फिल्म ‘परिवर्तन’ प्रदर्शनमा आएको छ । देशभरका अधिकांश चलचित्र हलहरूले राम्रो शोज उपलब्ध गराएका छन् ।

फिल्मका गीत र ट्रेलर पछिल्लो समय दर्शकमाझ चर्चामा छन्। सार्वजनिक ट्रेलरलाई छोटो समयमै ११ लाखभन्दा बढी पटक हेरिएको छ। ट्रेलरले दर्शकमा चलचित्र प्रति चासो जगाएको छ। आज शुक्रवार चलचित्रका धेरै शोजहरु हाउसफुल भएका छन्।

फिल्ममा सुशील श्रेष्ठ र अञ्जना बराइलीको मुख्य अभिनय रहेको छ। साथै, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको समेत अभिनय रहेको छ।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘परिवर्तन’लाई दीपक सिवाकोटीले निर्माण गरेका हुन्। निर्माता सिवाकोटीकै कथामा आधारित फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्।

एक्सन–सस्पेन्स विधामा निर्माण भएको यस फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र एसडी योगीको संगीत रहेको छ। फिल्मको द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरेका हुन्, जो पछिल्लो समय द्वन्द्व निर्देशनमा निकै चर्चामा छन्। फिल्मलाई आरआर फिल्म्सले वितरण गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.