माघे संक्रान्तीमा ‘आ बाट आमा’को नयाँ गीत ‘जाँदैछु नौ डाँडा काटेर’ सार्वजनिक


काठमाडौं। माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ बाट आमा’ को अर्को गीत सार्वजनिक गरिएको छ। माघे संक्रान्तीको अवसर पारेर निर्माण टिमले ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको भावनात्मक गीत रिलिज गरेको हो।

परदेशिनुपर्ने बाध्यता र बिछोडको पीडा बोकेको गीतले दर्शकको मन छुने भाव प्रस्तुत गर्छ। गीतको भिडियोमा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती र सिम्रन पन्त लगायत कलाकारको सशक्त अभिनय देख्न सकिन्छ।

किरण परियारको स्वर रहेको गीतमा अभि सुनारको शब्द तथा संगीत छ भने एरेञ्ज विशाल निरौलाले गरेका हुन्। आर्या इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा पल शाह र विपना थापासँगै प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ । यतिबेला चलचित्रको प्रचारप्रसारमा सम्पूर्ण टिम सक्रिय देखिन्छ।

चलचित्रको निर्देशन चन्द्र पन्तले गरेका हुन्, जसको कथा तथा पटकथा पनि उनकै हो। फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत, नवराज उप्रेतीको छायांकन तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ। चलचित्रको नेपालभित्रको वितरण अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.