माघ २ गतेबाट १४औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’


काठमाडौँ। १४औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२६’ यही माघ २ देखि ५ गतेसम्म चलचित्र विकास बोर्ड, चावहिलमा आयोजना हुने भएको छ।

महोत्सवमा नेपालसहित २० देशका ४३ चलचित्र छनौट भएका छन्। नेपाली विधामा कथानक, वृत्तचित्र र लघु गरी २० चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक डब्बु क्षत्रीले बताए।

नेपाली कथानकतर्फ ‘अञ्जिला’, ‘कोशेढुँगा’, ‘माग्ने राजा’, ‘परान’ र ‘यो मन त मेरो नेपाली हो’ फाइनलमा पुगेका छन्। वृत्तचित्रतर्फ ‘अरिंगाल म्यान’, ‘डान्सिङ इन फायर’ र ‘अ बडी नट माइन्ड’ छनौट भएका छन्। लघु चलचित्रतर्फ खुला र विद्यार्थी गरी १० चलचित्र प्रदर्शन हुनेछन्।

अन्तर्राष्ट्रिय विधामा १९ देशका २३ चलचित्र छनौट भएका छन्। यसमा १५ लघु, तीन वृत्तचित्र, दुई कथानक र तीन अफ्रिकन चलचित्र प्रतिस्पर्धामा छन्।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै मास्टर क्लास, अन्तरक्रिया, नृत्य कार्यशाला र चार दिने चित्रकला प्रदर्शनी पनि हुनेछ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र चलचित्र विकास बोर्डको सहकार्यमा ३० जनालाई नृत्य प्रशिक्षण दिइनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.