सौगात र सृष्टिको सिनेमा ‘भाईरल गोर्खे’ को प्रिमियर सम्पन्न


काठमाडौँ। माघ १ गते भोली माघे संक्रान्तिको अवसर पारेर बिहीबारबाट देशब्यापी प्रदर्शनमा आउने सिनेमा ‘भाईरल गोर्खे’ को मंगलबार साँझ न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा प्रिमियर शोको आयोजना गरिएको थियो ।

यो सिनेमाको प्रिमियर शोमा मुख्य कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, पूजा शर्मा, सिसन बानियाँ र जयकिशन बस्नेत लगायतका सेलिब्रेटी तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । सिनेमाको प्रिमियरमा सृष्टिले नेवारी पोशाकमा पुग्दा सौगात नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा उपस्थित भएका थिए । जहाँ सिनेमाका निर्देशक निगम श्रेष्ठ, निर्माताहरु ऋमित श्रेष्ठ, महेश लामिछाने र सहनिर्माता शुभेच्छा पौडेल पनि प्रिमियर शोमा उपस्थित थिए ।

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ सिनेमाले प्रिमियर शोमा उपस्थित पाहुनाबाट मिलेको प्रतिक्रियाले मख्ख देखिन्थे । ‘हामीले यो सिनेमाको लागि निकै मेहनत गरेका थियौं । आज त्यो मेहनतको प्रतिफल सुन्दर निस्केको छ । खुशी लाग्छ । अव दर्शकको साथ र उत्कृष्ट प्रतिक्रियाको अपेक्षा छ । हेरौं के कस्तो हुन्छ । दर्शकको राम्रो साथ मिल्छ भन्नेमा आशावादी छौं,’ उनीहरुले भने । सामाजिक संजालमा भाइरल हुन खोज्ने प्रवृत्तिलाई व्यंग्य गर्ने सिनेमामा यसको असर र प्रभावको कथा भनिएको छ ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ ।

‘भाइरल गोर्खे’ निर्देशन निगम श्रेष्ठले गरेका हुन् । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमाका सह-निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ, एडिटर बन्दे प्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.