बंगलादेशमा डब्बुको ‘द चेन्ज’ र केपीको ‘तान्त्रिक डान्स’ले जित्यो अवार्ड


काठमाडौँ। बंगलादेशको बोगरा शहरमा सम्पन्न ‘छैटौं बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा नेपाली लघु चलचित्र द चेन्ज (परिवर्तन) र नेपाली बृत्तचित्र ‘तान्त्रिक डान्स’ पुरस्कृत भएको छ । महोत्सवमा ३२ देशका ७४ चलचित्रहरू सहभागी थिए । जसमा नेपालबाट तीन वटा लघु चलचित्र र एक बृत्तचित्र अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी थिए ।

गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्री निर्देशित लघु चलचित्र ‘द चेन्ज’ यो महोत्सवमा ‘इन्टरनेशलन सर्ट इन्डोर’ विधा अन्तर्गत चयन भएको थियो । यो विधामा चलचित्र ‘द चेन्ज’लाई ‘अनरेबल मेनस अवार्ड’बाट पुरस्कृत गरियो । चलचित्रबाट निर्देशक डब्बु क्षेत्री सहित अभिनेता प्रवण भुसाल, अभिनेत्री एवम् गायिका सरिता भारती र यसको मेकअप आर्टिष्ट बिना राना मगर महोत्सवमा नेपालबाट सहभागी भएका थिए । निर्देशक क्षत्री, अभिनेता प्रवण र अभिनेत्री सरिताले महोत्सवको समापन समारोहमा सो अवार्ड एवम् पुरस्कार ग्रहण गरे । यो लघुृ चलचित्रमा प्रवण र सरितासँगै कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा, सुरज अधिकारीसहितको मुख्य भूमिका रहेको छ ।

यस्तै महोत्सवमा नेपालबाटै चलचित्र निर्देशक केपी पाठकद्धारा निर्देशित बृत्तचित्र ‘तान्त्रिक डान्स’लाई अन्तर्राष्ट्रिय तर्फ ‘अनरेबल मेनस अवार्ड’बाट पुरस्कृत गरियो । यो बृत्तचित्र कात्तिक नाचमा आधारित थियो । नेपालको लघु चलचित्र ‘द चेन्ज’ र बृत्तचित्र ‘तान्त्रिक डान्स’ लाई उद्घाटन समारोहमा बंगलादेश प्रिमियर गरिएको थियो ।

पुण्ड्रनगर फिल्म सोसाइटी बोगराले आयोजना गरेको यो महोत्सव बोगराको मधुवन सिनेकम्प्लेक्समा तीन दिनसम्म चलेको थियो । बुधबारबाट सुरु भएको महोत्सव शनिबार राती अवार्ड प्रदान गर्दै सम्पन्न भएको थियो ।

यो महोत्सवमा निर्णायकहरुमा नेपालबाट नेपाल इन्टरनेशनल कल्चरल फिल्म फेस्टिबलका अध्यक्ष सन्तोष सुवेदी सहित निर्माता मोहम्मद रकिबुल हसन, निर्देशक खण्डेकर सुमन, चलचित्रकर्मी अन्तु आजाद, छायांकार शेख राजिबुल इस्लाम, निर्माता राजिबुल हुसेन र जीवन शाहदत थिए ।

महोत्सवमा नेपालसहित भारत, रुस, सिंगापुर, स्पेनसहित बंगलादेशका देशका चलचित्रकर्मीहरु सहभागी थिए । महोत्सवमा आधा दर्जन अन्तरक्रिया तथा मास्टर क्लासहरु सञ्चालन गरिएको थियो । बंगलादेशमा भएका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मध्य यो दोस्रो ठुलो महोत्सव भएको महोत्सव निर्देशक सुपिन बर्मनले समापन समारोहमा बताए । यस्तै महोत्सव अध्यक्ष एम. रहमान सागरले सरकारबाट कुनै पनि आर्थिक सहयोग नहुँदा पनि आफूहरुले महोत्सव गर्दै आएको बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.