‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा वियोगान्त कथा


काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ को गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत चलचित्रको गीत सार्वजनिक गरेको हो । सार्वजनिक ‘कुन हावाले’ बोलको गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत र सलिना बिकेको स्वर रहेको छ ।

सपना साकार हुन नपाउँदै भत्किएको संसार गीतमा सुन्न सकिन्छ । वाचा बाँधेर पूरा नगरी हिँड्नेहरूको कथा समेटेको गीतमा सपना भताभुंगा हुँदाको पीडा र छटपटि सुन्न सकिन्छ ।

हराएको प्रेमीको खोजी र पर्खाइमा रहेको रहेको व्यक्ति कसरी पलपलमा टुक्रिन्छ ? चोखो प्रेमको गहिराइमा रहने र त्यसको महत्व नबुझ्नेबीचको अन्तरको मर्मस्पर्शी कथा गीतले बोकको छ ।

गीतको यो कथा देखाउन भिडियोमा आयुशमान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ छन् । वियोगान्त गीतले चलचित्रको कथा संकेत गरेको छ । प्रेमलाई पूजा गर्ने र खेलवाड सम्झनेबीचको अन्तर चलचित्रमा रहेको गीतबाट अनुमान लगाउन सकिन्छ ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा, अर्पण, आयुशमान, सृष्टिसँगै महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

माघ १६ गते रिलिज हुने चलचित्रलाई बलिराम चौहानको निर्देशन गरेका छन् । स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.