प्रशान्त तामाङको हृदयघातका कारण निधन


काठमाडौँ। चर्चित गायक तथा कलाकार प्रशान्त तामाङको हृदयघातका कारण असामयिक निधन भएको छ। आइतबार उनको निधन भएको पुष्टि निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उद्धृत गर्दै गरेका हुन्।

इन्डियन टेलिभिजन रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करण जितेपछि चर्चाको शिखरमा पुगेका तामाङ पछिल्लो समय सलमान खान अभिनित प्रतीक्षित फिल्म ‘ब्याटल अफ गलवान’ मा अभिनय गरिरहेका थिए। उक्त फिल्मको केही डबिङ कार्य भने अझै बाँकी रहेको बताइएको छ।

गायनसँगै अभिनयमा पनि सक्रिय रहेका तामाङले नेपाली चलचित्र ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतमा अभिनय गर्नुका साथै थुप्रै चर्चित गीतहरूमा स्वर दिएका थिए। उनको स्वर र उपस्थितिले नेपाली संगीत तथा चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाएको थियो।

भारतीय मूलका नेपालीभाषी गायक तामाङ पछिल्लो समय भारतको दिल्लीमा बस्दै आएका थिए। सोही क्रममा दिल्लीमै उनको निधन भएको हो। उनको असामयिक निधनले नेपाली संगीत र चलचित्र क्षेत्र शोकमा डुबेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.