अष्ट्रेलियामा गुञ्जिनेछ ‘गलबन्दी नाइट’: समीक्षा, सुवास र आमेशले दर्शक नचाउने


काठमाडौँ । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूलाई सांगीतिक मनोरञ्जन दिलाउन ‘गलबन्दी नाइट’ आयोजना हुने भएको छ। आगामी जनवरी २३ तारिखमा सिड्नीको अउबर्नस्थित ग्राण्ड प्यालेस फङ्सन सेन्टरमा यो विशेष सांगीतिक धमाका हुने निश्चित भएको हो।

कार्यक्रममा वर्तमान समयकी चर्चित गायिका समीक्षा अधिकारी, गायक तथा संगीतकार सुवास खत्री र अभिनेता/गायक आमेश भण्डारीको विशेष प्रस्तुति रहनेछ। सुवास र समीक्षासहितको टोली नेपालबाट अष्ट्रेलिया उड्ने तयारीमा छ भने आमेश भण्डारी अहिले अष्ट्रेलियामै छन्। सुवास खत्री पछिल्लो समय आफ्नो चर्चित गीत ‘शिरमा शिरबन्दी’का कारण चर्चामा छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.