काठमाडौं। नेपाली समाजको यथार्थ,राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ। रमेश कोइराला निर्देशीत `बिगुल´ को तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी,सामाजिक न्याय,पारिवारिक उल्झन,पुस्ताबीच बिचारको मतभेद,जिम्मेवारी तथा निमुखा जनतामाथि राजनैतिक नेतृत्वले गर्दै आएको खेलबाडको बिषय प्रस्तुत गरिएको छ ।
देश र जनतालाई पटक पटक धोका दिदै आएको राजनैतिक नेतृत्व र अन्यायको विरुद्ध आवाज उठाउने नयाँ पुस्ताको टकराव केन्द्रीत `बिगुल´ ले ठुलै हल्चल ल्याउने संकेत गरेको छ । देशमा आसन्न आम निर्वाचनको सन्दर्भमा `बिगुल´ मा उठान गरिएको बिषयबस्तुले जनमानसमा सही नेतृत्व चयन गर्न मार्ग निर्देश गर्ने देखिन्छ ।
ट्रेलरमा अभिनेत्री बेनीशा हमाल,अभिनेता नरेन खड्का,बिनोद न्यौपानेहरुले युवा पुस्ताको भावना सम्प्रेषित गरेको देखिन्छ । दिनेश कोइरालाको कथा र निर्माण,कल्पना पौडेलको प्रस्तुति अनि सूर्य कान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेका फिल्ममा बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने,सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह,हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे, गीता अधिकारी,मानश्री शर्माका साथमा रविन्द्र खड्का विशेष भूमिकामा अभिनीत छन भने नवनायिकाका रुपमा मिरा पण्डितले डेब्यु गरेकी छिन।
माघ ९ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने फिल्म शिव ढकालले खिचेका हुन । तारा थापा `किम्भे´ ले सम्पादन गरेको फिल्मका गीतमा काग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ । दिनेश कोइरालाको कथामा पटकथा प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्।
फस्टलुक पोस्टर,टिजर र गीत सार्वजनिकसँगै चर्चामा रहेको `बिगुल´ ले मनोरञ्जनका साथै जनमानसमा समाज र देशप्रति आमनेपाली सचेत र सजक हुन प्रेरित गर्ने धारणा निर्देशक कोइरालाको छ ।
काठमाडौँ। डेब्यु निर्देशक सुदिप्ताको निर्देशनमा बनेको सिनेमा ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रेम, अपेक्षा र धोका बोकेको कथालाई ट्रेलरमार्फत दर्शकमाझ प्रस्तुत गरिएको हो।...
काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् । म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने भएको छ । ‘पाँच...
काठमाडौं। निर्देशक कृषा चौलागाईँको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पारस’मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। निर्माण पक्षले शनिबार औपचारिक रूपमा उनलाई फिल्मका लागि अनुबन्ध गरेको हो। यद्यपि, फिल्मका अन्य कलाकारबारे...
काठमाडौँ । प्रणय दिवसको अवसर पारेर माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कुमारी’ ले प्रचारमा नयाँ प्रयोग गरेको छ। शनिबार साँझ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजित भव्य सांगीतिक कन्सर्टबीच करिब पाँच हजार...
काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’ निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुक्रबार सरस्वतीको पूजाको अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणासँगै शुभमुहूर्त गरिएको छ । नेपाली...
काठमाडौं । निर्देशक अनिल बुढा मगरको दोस्रो चलचित्र ‘मितज्यू’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको निर्माण पक्षले जनाएको...