‘मितेरी’ एल्बम सार्वजनिक



सेलेब्रिटी नेपाल मंसिर-गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको गीत गजल सङ्ग्रह ‘मितेरी’ एल्बम सार्वजनिक गरिएको छ एल्बममा ८ वटा गीतहरु समावेश गरिएको छ । एल्बमको सम्पूर्ण गीत माधव निर्दोषले लेखेका हुन् भने सम्पूर्ण संगीत सन्तोष श्रेष्ठले गरेका हुन् । एल्बममा तिमीबाट टाढा हुादा, दुनियााका कुरा सुनी, गल्ती भए माफ गर, तिम्रो सधैं जित हुादा, बैरीको सामु, जाऊ छोडेर जाऊ जस्ता गीतहरु समावेश भएका छन् भने गायिका अन्जु पन्त, अञ्जना गुरुङ, गायक नरेन्द्र प्यासी, जगदीश समाल, रामकृष्ण ढकाल, सुमन कुमार श्रेष्ठका स्वरु रहेको छ । गीतकार भावेश भुमरीले अहिलेको अवस्था संगीत सिर्जनामा लाग्दा होस् या एल्बम तयार पार्दाको अवस्थामा गाउको घडेरी बेचेर शहरमा एल्बम निकाल्ने कठिनाई स्रष्टाहरुमाथि भएको बताउादै उनले राम्रो गीतकारका रुपमा माधव निर्दोषलाई पाएको र पछिल्लो अवस्थाको चर्चाको संगीतकार रहेको बताउदै मितेरी एल्बममाथि समीक्षा गरेका थिए । अर्का गीतकार रमण घिमिरेले अहिलेको अवस्थामा गीतसंगीत बिक्री नभईरहेको दुःखद् अवस्थामा एउटा एल्बम निकाल्नु भनेको फलामको च्यूरा चपाउनुजस्तै भएको बताएका थिए ।

Copyright © 2012 - 2026 | All Right Reserved.