चलचित्र ‘बम बिहारी’को शुभमुर्हुत


काठमाडौँ । चलचित्र ‘बम बिहारी’को शुभमुर्हुत गरिएको छ । बुधवार भक्तपुरको हनुमान मन्दिरमा पूजा गर्दै चलचित्रको मुर्हुत गरिएको हो । चलचित्रको मुहर्त संगै छायाङ्कन सुरु गरिएको छ । डीएमएस मल्लको निर्देशन रहने चलचित्रको छायाङ्कन उपत्यकाको विभिन्न स्थान र नेपालगन्जमा हुनेछ । नेपाली भूमिको आमा र भारतीय भूमिको बुबाको एक छोराको कथा ‘बम बिहारी’मा छ । ‘बम बिहारी’ एक पात्रको नाम हो । उनकै वरिपरि चलचित्रको कथा घुम्नेछ’ निर्देशक मल्लले भने । चलचित्रमा कथा र लगानी पनि निर्देशक डीएमएस मल्लकै रहनेछ ।

चलचित्रमा सुरवीर पण्डित, सुमन ज्योति न्यौपाने (ल्यांग्री दादा), ध्रुब बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुष्कर राउत र सम्राट क्षेत्रीको अभिनय रहनेछ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहने चलचित्र रामेश्वर हुमागाईंको टिमले खिच्दैछ भने गौतमराज खड्काले सम्पादन गर्दैछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.