
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय छायांकार वीरेन्द्र भट्ट चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त भएको झन्डै बर्ष दिन हुन लाग्यो । डोटी घर भएका भट्टले विगत डेढ दशकदेखि चलचित्र प्राविधिकको रूपमा निरन्तर योगदान दिँदै आएका छन्।
छायांकन विधामा सशक्त पहिचान बनाएका भट्टले धून, आरोप लगायत एक दर्जनभन्दा बढी नेपाली चलचित्रमा छायांकन गरेका छन्। साथै, उनले ३०० भन्दा बढी म्युजिक भिडियोमा क्यामेरा सम्हाल्दै नेपाली दृश्य–सांगीतिक क्षेत्रलाई समृद्ध बनाएका छन्।

फिल्म निर्माणको प्राविधिक पक्षमा गहिरो अनुभव बटुलेका भट्टले नेपाली चलचित्रको गुणस्तर अभिवृद्धि र प्रविधिगत विकासमा विशेष योगदान पुर्याएका छन्। यही योगदानको कदरस्वरूप उनी चलचित्र विकास बोर्डको सदस्य पदमा नियुक्त भएका हुन्। विकास बोर्डमा अध्यक्ष दिनेश डिसीको टिमको आगमन पश्चात बोर्डले ठुलो फड्को मरेको छ। पछिल्लो एक बर्षमा बोर्ड थुप्रै महत्वपूर्ण कार्यहरु सम्पन्न भई सकेका छन् र अझै महत्वपूर्ण कार्यहरु अघि बढ्ने तयारीमा छ।
चलचित्र क्षेत्रसँगै सामाजिक र राजनीतिक गतिविधिमा समेत सक्रिय भट्टले आगामी दिनमा नेपाली चलचित्र उद्योगलाई थप व्यवस्थित, प्राविधिक रूपमा सशक्त र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन पहल गर्ने अपेक्षा गरिएको छ।

