छैटौ ‘डी सिने अवार्ड २०७१’ सम्पन्न


(सेलेब्रिटी नेपाल)काठमाडौँ
बुधबार सम्पन्न छैटौ ‘डी सिने अवार्ड २०७१’ मा पुन: एक पटक आर्यन सिग्देल र केकी अधिकारीले चलचित्र ‘महशुस’ बाट उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड हात परेका छन् । उनिहरुले गत सोमबार सम्पन्न भएको ‘सिजि कामना फिल्म अवार्ड’मा पनि यो उपादि चुमेका थिए । नायीका केकी अस्ट्रेलियामा रहेकाले आफ्नो अवार्ड आफैले लिन पाईनन् भने आर्यन बैशाखीको साहारामा अवार्ड थाप्न पुगेका थिए ।
Aaryan-sigdel-awards
काठमाण्डौको प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना भएको अवार्ड समारोहमा नेपाली चलचित्र क्षेत्रका चलचित्रकर्मीहरुको उल्लेख्य उपस्थिती थियो । डीजिटल प्रविधिमा बनेका चलचित्रहरुलाई मात्र अवार्ड प्रदान गर्दै आएको छायााछवि क्रियशनले अवार्डको आयोजना गरेको हो । समारोहमा प्रोत्साहन अवार्ड फेशन डिजाइनर निलिमा शर्मालाई प्रदान गरियो भने पब्लिक च्वाइस अवार्ड चलचित्र ‘मोक्ष’का कलाकार कोशिश क्षेत्रीले प्राप्त गरे ।यस्तै, कार्यक्रममा ‘चलचित्रकर्मी रजत सम्मान’बाट अभिनेत्री मिथिला शर्मा र डिजाइनर सुन्दर श्रेष्ठलाई सम्मानित गरियो । ‘छायाछवि पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार विदुर गिरीलाई नगद ६ हजार ६ सय ६६ सहित प्रदान गरियो ।कार्यक्रममा ‘जुरी अवार्ड’बाट भने चलचित्र ‘मौन’का निर्देशक सुरज भुषाल पुरस्कृत भए ।Shyam-aryal-d-cine-award
चलचित्र ‘जिन्दगी रक्स’का कलाकारको नृत्यबाट सुरु भएको अवार्ड कार्यक्रममा हाँस्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको कमेडीले अझ रोचक बनेको थियो भने विभिन्न नृत्य, गायन र कमेडी पाटोले दर्शकलाई मनोरञ्जन दिएका थिए । ‘लभ यू बाबा’का कलाकारहरु गजित बिष्ट, संगम बिष्ट, निष्मा घिमिरेले कोरियोग्राफर गम्भिर बिष्टको साथमा फिल्मका विभिन्न गीतमा नृत्य गरे भने चलचित्र ‘अलबिदा’को गीत गाउन स्टेजमा गायक ताराप्रकाश लिम्बु र गायिका रजिना रिमाल देखिए ।

अवार्ड पाउनेहरुको सूचि यस प्रकार छ :
१. उत्कृष्ट ध्वनी मिश्रण : दीप तुलाधर (प्रोड्यूसर)
२. उत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (छ एकान छ)
३. उत्कृष्ट द्वन्द्व निर्देशक : चन्द्र पन्त (लोफर)
४. उत्कृष्ट नृत्य निर्देशक : शंकर वीसी (बितेका पल)
५. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाई नभन्नु ल २)
६. उत्कृष्ट गायिका : दुर्गा परियार (महशुश)
७. उत्कृष्ट गायक : प्रेम परियार (नाई नभन्नु ल २)
८. उत्कृष्ट संगीतकार : वसन्त सापकोटा (नाई नभन्नु ल २)
९. उत्कृष्ट नव नायिका : पुजा शर्मा (मधुमास)
१०. उत्कृष्ट नव नायक : श्याम अर्याल (प्रोड्यूसर)
११. उत्कृष्ट नव निर्देशक : प्रविण श्रेष्ठ (मोक्ष)
१२. उत्कृष्ट खलपात्र : राजवल्लभ कोइराला (छ एकान छ)
१३. उत्कृष्ट चरित्र अभिनय : शैलेश आचार्य (छ एकान छ)
१४. उत्कृष्ट सह–अभिनेत्री : प्रियंका कार्की (नाई नभन्नु ल २)
१५. उत्कृष्ट सह–अभिनेता : विल्सन विक्रम राई (प्रोड्यूसर)
१६. उत्कृष्ट लेखन : दीपकराज गिरी (छ एकान छ)
१७. उत्कृष्ट सम्पादन : विपिन मल्ल (बितेका पल)
१८. उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान (छ एकान छ)
१९. उत्कृष्ट नायिका : केकी अधिकारी (महशुश)
२०. उत्कृष्ट नायक : आर्यन सिग्देल (महशुश)
२१. उत्कृष्ट निर्देशक : विकास आचार्य (नाई नभन्नु ल २)
२२. उत्कृष्ट चलचित्र : (मोक्ष)
क्रिटिक्स अभिनेत्री : नम्रता श्रेष्ठ (मौन)
क्रिटिक्स अभिनेता : अर्पण थापा (मौन)
क्रिटिक्स छायाँकार : संजय लामा (मौन)
प्रोत्साहन अवार्ड : कस्टुम डिजाईनर नीलिमा शर्मा
पब्लिक च्वाईस अवार्ड : कोशिस क्षेत्री (मोक्ष)
जुरी अवार्ड : निर्देशक सुरज भूषाल (मौन)
फोटो-दिप बिमली