मरिचमानको स्वरमा रहेको ‘गोबर गणेश’को पहिलो गीत सार्वजनिक


काठमाडौं । आगामी माघ १ गतेबाट प्रदर्शन हुने चलचित्र ‘गोबर गणेश’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा स्वर मरिचमान श्रेष्ठको रहेको छ भने शब्द तथा संगीत बाबुल गिरीको रहेको छ। सार्वजनिक चलचित्रको शिर्ष गीतमा चलचित्रका मुख्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), वर्षा शिवाकोटी,निर्मल शर्मा,पदम तामाङ,पुजन घिमिरे फिचर्ड छन्।

बल्छी धुर्बे फिल्म्सको ब्यानरमा निर्माण भएको ‘गोबर गणेश’ मा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), वर्षा शिवाकोटी,निर्मल शर्मा,पदम तामाङ,पुजन घिमिरे, विनोद न्यौपाने, लक्ष्मीनाथ तिमल्सेना ,सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।

चलचित्रको निर्देशन स्वयं मरिचमान श्रेष्ठले गरेका हुन्। फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक, योगेश काजी शाह बीजीएम, शिवराम श्रेष्ठ डीओपी र विपीन मल्ल सम्पादकका रूपमा रहेका छन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने नेपालभरको वितरण अधिकार श्री ब्याकटेस इन्टरटेनमेन्टले लिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.