नरेन र बेनीशा फिचर्ड ‘बिगुल’ को रोमान्टिक गीत सार्वजनिक


काठमाडौं । सामाजीक राजनीतिक बिषयको फिल्म ‘बिगुल’ मा समावेश शीर्ष गीत मरुभूमिमा पानीजस्तै.. सोमबार ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने ‘बिगुल’ को गीतमा युवराज चौलागाई र अनु चौधरीको स्वर छ । बेनीशा हमाल र नरेन खड्का फिचर्ड गीतको शब्द र संगीत अर्जुन पोखरेलको हो ।

रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ को कथाकार र निर्माता दिनेश कोइराला हुन् । पछिल्लो समय एकै खाले बिषयका बग्रेल्ती फिल्म आइरहेको अवस्थामा ‘बिगुल’ ले भने राजनीति,परिवार,समाज,सम्बन्ध अनि मनोरञ्जनको समिश्रण गरी कथा बुनेको छ देखिन्छ । फर्स्टलुक र टिजरबाट दर्शकको ध्यान तान्न सफल फिल्ममा बेनीशा हमाल,नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतको अभिनय छ ।

म्याग्नोलिया ग्रुपको ब्यानर कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको पटकथा-सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिब ढकालको छायांकन ,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् । सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.