दिवंगत निर्देशक नेम्बाङको नयाँ भिडियो सार्वजनिक


(सेलिब्रेटी नेपाल) काठमाडौं
लोकप्रिय तथा चर्चित निर्देशक स्व.आलोक नेम्बाङले आत्महत्या गर्नुअघि निर्देशन गरेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका सरु पराजुलीको नयाँ एल्बम ‘नमन’ को ‘आए धेरै जोवनमा भने जस्तो तिमी, रोजेकी छु यो मनले सबै बुझ्ने तिमी…’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
Karina-bhattarai,nandita
आत्महत्या गर्नुभन्दा करिव एक महिनाअघि ललितपुरका विभिन्न आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोमा गायक युवराज चौलागाईं, गायिका नन्दिता केसी तथा मोडल करीना भट्टराईले अभिनय गरेका छन् । भिडियोमा युवराज र नन्दिताले श्रीमान्-श्रीमतीको तथा करीनाले छोरीको भूमिका निर्वाह गरेकी छिन् । गायिका पराजुलीका श्रीमान् गीतकार शिव चौलागाईंको शब्द तथा अम्बर सुब्बाको संगीतको यो गीतको भिडियोमा निर्देशक नेम्बाङले नन्दिता र करीनाको नृत्यको कोरियोग्राफी समेत गरेका थिए । हरि हुमागाईंले छायांकन गरेको उक्त भिडियोको सम्पादन प्रकाश तुलाधरले गरेका हुन् ।