माग्ने बुढा अर्थात् केदार घिमिरे र मैंयाको रोमान्स (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
हाँस्य कलाकार केदार घिमिरे रियल लाइ नामले जतिले चिन्छन, त्यो भन्दा बढी ‘माग्ने बुढा’ भनेर चिन्छन । सानो पर्दामा चर्चित यो नामसँगै अ‍र्को नाम पनि जोडिएर आउँछ, ‘मैयाँ’। यो बीचमा माग्ने बुढा र मैयाँको सानोपर्दाको हिट जोडीले माया प्रेमको गन्थन अनि विवाह गर्न नपाएको दुखेसो पोखेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा निर्देशक संकर बिसीले यो जोडीलाई रमाईलो पाराले प्रस्तुत गरेका छन् ।
Kedar-ghimire
एकसमय हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’को चर्चित यो जोडीलाई कम्मर मर्काउने तथा लुकामारी गर्ने अवसर श्रीदेवी देवकोटा र प्रकाश कटुवालको स्वर रहेको ‘चोर बिरालो’ बोलको गीतले जुरेको हो । देवकोटा र कटुवालको मनछुने स्वर रहेको यो भिडियोमा यो जोडीसँगै अर्का चर्चित हाँस्य कलाकर सुरविर पण्डितलाई पनि देख्न सकिन्छ । गीतमा बिनोद ढकालको शब्दमा सागर ढकालले संगीत भरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.