४ महिनाको विश्रामपछि ‘ख्याल ठट्टा’ पुनः प्रसारणमा


काठमाडौं। हास्य टेलिशृंखला ‘ख्याल ठट्टा’ चार महिनाको विश्रामपछि पुनः प्रसारणमा आउने भएको छ। लेखन तथा निर्देशन सुरज खनाल रहेको यस टेलिशृंखलामा अझ परिस्कृत ढंगमा केही कलाकार परिवर्तन गर्दै थप हास्य स्वाद र नयाँ ऊर्जा सहित ‘ख्याल ठट्टा’ पुनः दर्शकमाझ आउन लागेको हो।

निर्मल शर्मा, सबिता गुरुङ, धनराम मुस्कान, दीपा शाही, गुणाखर अधिकारी, सुमन खनाल, सोभाखर खनाल, सुवी शाही, सृष्टि केसी आदिको अभिनय रहने यस टेलिशृंखला अबदेखि हरेक शुक्रबार साँझ ७:०० बजे ‘ख्याल ठट्टा’ हाईलाईट्स नेपालको युट्युब च्यानलमार्फत प्रसारण हुने खनालले बताए।

यसअघि खनालले लेखन, निर्देशन तथा अभिनय गरेको चर्चित हास्य टेलिशृंखला ‘अति भो’ नेपाल टेलिभिजनसँगै मिडिया हबको आधिकारिक युट्युब च्यानलमार्फत २०१ भागसम्म सफलतापूर्वक प्रसारण भएको थियो। उक्त टेलिशृंखलाले युट्युबमा मिलियनौं भ्युज प्राप्त गर्दै दर्शकको ठूलो माया कमाएको थियो।

‘अति भो’ पछि सुरज खनालले आफ्नै युट्युब च्यानल Sansa Films मार्फत ‘ख्याल ठट्टा’ सिजन–२ निर्माण गरेका थिए। सिजन–२ लाई ५२ भागसम्म निरन्तर रूपमा प्रसारण गरिएको थियो। त्यसपछि म्युजिक भिडियो निर्देशन तथा विज्ञापन निर्माणमा व्यस्त हुनुपरेका कारण खनालले केही समय टेलिशृंखलाबाट विश्राम लिएका थिए। यही कारण ‘ख्याल ठट्टा’ पछिल्ला चार महिनादेखि पूर्ण रूपमा ब्रेकमा रहेको थियो।

विश्रामको अवधिमा सुरज खनालले थुप्रै म्युजिक भिडियो निर्देशन गर्नुका साथै विभिन्न विज्ञापनहरूमा पनि काम गरेका थिए। अब भने ‘ख्याल ठट्टा’ ५३ औँ भागदेखि पुनः निरन्तर रूपमा अगाडि बढ्ने भएको छ, जसको प्रसारण हाईलाईट्स नेपाल युट्युब च्यानलमार्फत हुने बताएका छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.