मौलिक ग्रामीण कथा चलचित्र ‘लोकन्ती’ दाङमा हाउसफुल


काठमाडौँ। मङ्सिर २६ गते शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ ले सीमित शोजका बाबजुद उत्साहजनक व्यापार गरिरहेको निर्माण टिमले जनाएको छ। थोरै शोजमा रिलिज भए पनि जहाँ–जहाँ चलचित्र चलिरहेको छ, त्यहाँ दर्शक उपस्थिति सन्तोषजनक रहेको चलचित्रका मुख्य कलाकार कुमार न्यौपानेले बताए।

उनका अनुसार, “हामीले अपेक्षाभन्दा निकै कम शोज पाएका छौँ, तर उपलब्ध शोजमा दर्शकको उपस्थिति राम्रै छ। चलचित्र हेर्ने दर्शकले मौलिक ग्रामीण कथावस्तु मन परेको प्रतिक्रिया दिइरहनुभएको छ।” अहिले प्रदर्शनमा आएका ठुला भनिएका चलचित्र भन्दा ‘लोकन्ती’ प्रति दर्शकको ध्यान जान थालेको समेत न्यौपानेले बताए। दाङको भिएफ़एक्स सिनेमा हलमा चलचित्र हाउसफुल भएको उनले जानकारी दिए।

परिवार, प्रेम, संघर्ष, शान्ति र समाजभित्रका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर निर्माण गरिएको ‘लोकन्ती’ लाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाका रूपमा प्रस्तुत गरेका छन्। क्रिशन फिल्म्सको ब्यानरमा बनेको चलचित्रले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनालाई उजागर गर्ने प्रयास गरेको छ।

चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन्। चलचित्रमा यसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री देख्न सकिन्छ। साथै, विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। हाँस्य कलाकार लेखान्त भुषाल बिसेष भूमिकामा देखिएका छन्।

काजी लिम्बुको लेखन रहेको चलचित्रमा विकास चौधरीको संगीत, रोनिश तामाङ ‘च्याङ्बा’को छायांकन, अशोक रोक्काको शृंगार तथा गौतम राज खड्काको सम्पादन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.