विकास सुबेदीको लेखन तथा निर्देशनमा चलचित्र ‘शिरजरा’ बन्ने


काठमाडौं । चलचित्र ‘शिरजरा’ बन्ने भएको छ । चलचित्र निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने भएका छन् ।

विकास सुबेदीको लेखन तथा निर्देशन रहने चलचित्रलाई सुवास भुषाल (नेपाल) ले निर्माण गर्नेछन् । चलचित्रको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् भने पोल्याण्डमा पोष्ट–प्रोडक्सनको काम हुने जनाइएको छ ।

मेटा–मोर्डन फिलोसोफिकल ड्रामा जनारामा निर्माण हुने जनाइए पनि चलचित्रको कथा भने खुलाइएको छैन । हाल प्रि–प्रोडक्सनको काम भइरहेको चलचित्रको छायाँकन फेब्रुअरी २०२६ देखी शुरु हुनेछ । चलचित्रका कलाकार तथा प्राबिधिकबारे केही दिनमा जानकारी दिइने निर्माता भुषालले जनाएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.