‘रमिताको पिरती’ को पहिलो गीत सार्वजनिक,समीर र आनाको रोमान्स


काठमाडौँ। माघको २३ गतेबाट रिलिजमा आउने तयारीमा रहेको चलचित्र ‘रमिताको पिरती’ को पहिलो ‘तिमी भए काफी’ बोलको गीत आज ललितपुरको लाबिम मलमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो । सार्वजनिक गीतमा फिल्मकी मुख्य नायिका आना शर्मा र नव–नायक तथा गायक समीर श्रेष्ठको रोमान्स हेर्न सकिन्छ । थाइल्याण्डको रमणीय लोकेशनमा आना र समीर रोमान्टिक देखिएका छन् । आना थाइल्याण्डमा खुलेकी छिन् । यो गीतको भिडियोमा आना र समीरको सामिप्यतालाई बलियो रुपमा देखाइएको छ ।

समीरकै स्वरमा समावेश यो गीतमा सास्वत श्रेष्ठको संगीत छ । झोलेको डीओपी रहेको यो गीतको भिडियोले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।
सुदिप्ताले निर्देशन गरेको यो फिल्मका निर्माता सागर लम्साल हुन् । यो फिल्ममा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारहरुको अभिनय छ ।

सुदिप्ताकै लेखनमा तयार भएको यो फिल्ममा शिशिर विशाङ्खेको डीओपी, सुनिल सिवाकोटीको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माताको रुपमा छन् । फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.