बालेनकाे र्‍याप रहेकाे ‘झरीपछिको इन्द्रेणी’ को गीत सार्वजनिक


काठमाडाैँ । चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत आम नेपाली बुबा सार्वजनिक भएको छ । आइतबार राति काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा बालेनको र्‍याप र लय छ भने गणेश उप्रेती,कमलमणी नेपाल,सृजना अधिकारी,भोलाराज सापकोटा लगायतको अभिनय छ । गीतमा दीक्षा उप्रेतीको स्वर छ ।

कलाकार अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित चलचित्र ‘झरीपछिको इन्द्रेणी’आगामी पुस ४ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र नागराज इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो । सिनेमामा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईको अभिनय छ। बाल कलाकारका रूपमा दिप्सन चिलवाल पनि देखिनेछन्।

निर्देशक घिमिरेकै कथामा बनेको सिनेमाको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले संयुक्त रूपमा लेखेका हुन्। बुद्ध थापाको छायांकन रहेको सिनेमाका निर्माता अनिशा सेन्दाङ लिम्बु हुन्। सह–निर्मातामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की रहेका छन् भने लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.