बुटवलको रमणीय दृश्यहरुमा भिडियो छायांकन


(सेलिब्रेटी नेपाल) बुटवल
नेपाली संगीतको बजार ओरालो लागि रहे पनि यो क्षेत्रमा लाग्न चाहने युवाहरुको आकर्षण भने बढी रहेको छ । काठमाडौँमा मात्रै होइन काठमाडौँ बाहिर पनि म्युजिक भिडियो निर्माण गर्ने कम्पनि तथा काम गर्ने प्राबिधिकहरु भेटिन थालेका छन् । यसै क्रममा बुटवलका उत्साही युवाहरुको टिमले शिला क्यासेट सेन्टरले बजारमा ल्याउन लागेको इन्द्र जी.सी.को शब्द तथा संगीत र सृस्टी थापाको स्वर रहेको गीतको छायांकन बुटवलमा सम्पन्न गरेका छन् ।
Princika-kc
आर. डी.क्रियसनले पोस्ट प्रोडक्सनको ब्यबस्थापन गरेको भिडियोलाइ प्रदिप कंडेलले निर्देशन गरेका हुन् । बुटवलका विभिन्न रमणीय दृश्यहरुलाई कैद गरिएको भिडियोमा प्रिन्सिका के.सी., राज अर्याल , सुरज पाण्डेले अभिनय गरेका छन् भने भिडियोलाई रेशम भण्डारीले खिचेका हुन् । उक्त भिडियोलाई पुषको पहिलो हप्ता सम्म बजारमा ल्याउने जानकारी निर्देशक सम्पादक प्रदिप कंडेललेले दिए ।
Prinsika-kc-model

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.