‘गोबर गणेश’को अफिसियल पोस्टर सार्वजनिक, माघ १ गतेदेखि प्रदर्शन


काठमाडौं । आगामी माघ १ गते प्रदर्शन हुने चलचित्र ‘गोबर गणेश’ ले आफ्नो अफिसियल पोस्टर सार्वजनिक गरेको छ।

पोस्टरमा मुख्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटीका आकर्षक रूप–रंग र रोचक गेटअपले दर्शकको ध्यान खिचेको छ। वर्षा रिक्सा चलाइरहेकी देखिन्छिन् भने सोही रिक्सा सीटमा बसेका बल्छी धुर्बे खुसी मुद्रामा प्रस्तुत छन्। उनीहरूको हावभावले सरल र रमाइलो जीवनशैली झल्काउँछ।

पोस्टरमा प्रयोग गरिएको हल्का हरियो टोनले चलचित्रले सकारात्मक र जीवनमुखी कथा बोकेको हुनसक्ने संकेत दिन्छ, तर निर्माण टोलीले कथासम्बन्धी केही खुलाएको छैन।

बल्छी धुर्बे फिल्म्सको ब्यानरमा निर्माण भइरहेको ‘गोबर गणेश’ मा मरिचमान र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना , सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारहरूको भूमिका रहेको छ।

चलचित्रको निर्देशन स्वयं मरिचमान श्रेष्ठले गरेका हुन्। फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक, योगेश काजी शाह बीजीएम, शिवराम श्रेष्ठ डीओपी र विपीन मल्ल सम्पादकका रूपमा रहेका छन्।

चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने नेपालभरको वितरण अधिकार श्री ब्याकटेस इन्टरटेनमेन्टले लिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.